शान्ता चौधरी भन्छिन्–एकता प्रस्ताव अस्वीकार गर्नेहरुले पार्टी ध्वस्त बनाउन खोजे
काठमाडौं।नेकपा एमालेकी नेतृ शान्ता चौधरीले अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव अस्वीकार गर्नु विरोधीसँग मिलेर पार्टीलाई धवस्त बनाउन खोजेको आरोप लगाएकी छन्। एमाले अध्यक्ष ओलीले ६ बुँदे प्रस्तावपछि माधवकुमार नेपाल समूहका नेताहरुले ओलीको चालबाजी मात्रै भएको प्रतिक्रिया दिइरहेका बेला चौधरीले यस्तो बताएकी हुन्। पार्टीलाई जेठ २ मा फर्काउनुपर्ने माग पूरा भएको भन्दै एकताका लागि ओली कल्पनाभन्दा बढी लचिलो भएको दाबी गरिन्।
प्रतिक्रिया दिनुहोस्