बाबुरामको टिप्पणीः प्रदेशमा ओली पक्ष मन्त्रीपदको बाला लिएर लोभी बटुवाको शिकार गर्न उद्दत काठमाडौं।जसपा संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले ओली पक्षले संघमा जस्तै प्रदेशमा पनि सिको गर्न खोजेको आरोप लगाएका छन्। आज बिहान सामाजिक सञ्जालमार्फत उनले ओलीभक्त बुढा बाघहरु हातमा मन्त्रीपदको बाला लिएर लोभी बटुवाको शिकार गर्न उद्दत भएको टिप्पणी गरे। उनले भनेका छन्, “खबरदार नझुक्किऊँ, भोक लाग्यो भन्दैमा अखाद्यवस्तु खान हुन्न, विष गुलियोमा मिसाएरै खुवाइन्छ।” उनले ज्ञानेन्द्रकालका टिकेमन्त्रीको बेहाल सम्झिएको बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्