प्रतिनिधिसभा विघटन मुद्दा : होला आजदेखि सुनुवाइ?
काठमाडौं। प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आज पनि सुनुवाइ हुँदैछ। आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरेका थिए। इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराई छन्। तर,न्यायाधीशहरुमाथि फेरि निष्पक्षताको प्रश्न उठेपछि प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सुनुवाइ अघि बढ्न सकेको छैन। आज पनि सुनुवाइ हुने वा नहुनेबारे अन्योलता देखिन्छ।
प्रतिक्रिया दिनुहोस्