भ्याक्सिन निर्माणको टेक्नोलोजी ट्रान्सफर रुसले मात्र गरेको छः पुटिन
एजेन्सी। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शनिबार रुसमात्र एक देश हो जसले कोरोनाविरुद्धको भ्याक्सिन निर्माण गर्ने टेक्नोलोजी ट्रान्सफर गर्दै अन्य मुलुकमा भ्याक्सिन निर्माणलाई बढावा दिने काम गरेको बताएका छन्। भारतमा रुसी भ्याक्सिन स्पुतनिक भी उत्पादन गर्न स्वीकृति दिइसकिएको छ। पुटिनका अनुसार स्पुतनिक भी ६६ देशमा बिक्री भइरहेको छ। कोरोना महामारी कहाँबाट सुरु भयो भन्नेबारेमा उनले संकटलाई ‘राजनीतिकरण’ गर्न नहुने टिप्पणी गरे।
प्रतिक्रिया दिनुहोस्