प्रदेश १ मा बजेट अधिवेशन आजदेखि सुरु हुँदै
काठमाडौं। प्रदेश नम्बर १ मा संसदको आठौं अधिवेशन सुरु हुँदैछ। आज दिउँसो २ बजे बैठक बस्ने तयारी गरिएको छ। अधिवेशनमा प्रदेशको नीति तथा कार्यक्रम पेस हुनेछ। प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राईले अध्यादेशबाट बजेट ल्याउने तयारी गरेका थिए। तर, विपक्षी दलहरुले संसद अधिवेशन आह्वान गर्न दबाब दिएपछि अधिवेशन बोलाइएको हो। प्रदेशमा असार १ मा बजेट ल्याउने चलन छ।
प्रतिक्रिया दिनुहोस्