साझा धारणा बनाउन माधव नेपाल समूहको बैठक बस्दै
काठमाडौं। साझा धारणा बनाउन एमालेको माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक बस्दैछ। आज ११ भर्चुअल माध्यमबाट बैठक बस्ने नेता बेदुराम भुसालले देखापढीलाई जानकारी दिए। “छलफल त धेरै गर्नुपर्ने आवश्यकता छैन। तर, एउटा साझा धारणा बनाउन बैठक बस्दैछौं”, उनले भने। एमाले अध्यक्ष केपी शर्मा ओलीले जेठ २ मा फकिर्ने ६ बुँदे प्रस्ताव गरेपछि माधव समूहका नेताहरु विभाजित भएका छन्।
प्रतिक्रिया दिनुहोस्