तान्जिनियामा महिला सांसदलाई ‘टाइट पाइन्ट’ लगाउन बन्देज एजेन्सी। तान्जिनियामा महिला आफूलाई मन पर्ने पहिरन लगाउन पाउँदैनन्। त्यहाँकी महिला सांसद कोन्डेस्टर सिजवेलले ‘टाइट पाइन्ट’ लगाएको निहुँमा संसद्बाटै बाहिर निकालिएको छ। उनाई सांसदका सभामुखले बाहिर निकालेका हुन्। सभामुखले सिजवेललाई भने, ‘‘जानोस् पहिला उपयुक्त कपडा पहिरनोस् अनि संसद्मा आउनुस्।’’ त्यसअघि एक पुरुष सांसदले कोन्डेस्टरको कपडा देखाउँदै ‘हाम्रा केही बहिनीहरु अनौठो कपडा लगाउँछन्, यिनले समाजलाई के देखाउँदै छन्’ भनेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्