बर्खास्त भएपछि सोनल मोटरसाइकलमा चडेर मन्त्री निवासबाट बाहिरिए धनुषा। वर्खास्त भएको भोलिपल्टै प्रदेश–२ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले मन्त्री निवास छाडेका छन्। आज बिहान कर्मचारी र आफ्ना शुभेच्छुकहरुसँग छलफल गरेपछि मन्त्री निवास छाडेका हुन्। उनी एकथान सुटकेश र एउटा झोला लिएर मोटरसाइकलमा चढेर बाहिर निस्किए। उनले प्रतिक्रिया दिँदै भने,“प्रदेशको राजनीतिमा सक्रिय हुन्छु,पार्टीले दिएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्छु।” महन्थ पक्षका एक मन्त्री र तीन राज्यमन्त्रीलाई बर्खास्त गरिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्