माधव पक्षद्वारा पार्टी एकतासम्बन्धि प्रस्तावलाई धोखाधडीको संज्ञा काठमाडौं। नेकपा (एमाले)बाट निष्काशित माधवकुमार नेपाल समूहका कतिपय नेताले पार्टी एकतासम्बन्धि प्रस्तावलाई धोखाधडीको संज्ञा दिएका छन्। आईतबार राति अध्यक्ष केपी शर्मा ओलीले एकतासम्बन्धि ६ बुँदे प्रस्ताव सार्वजनिक गरेपछि नेपाल समूहका केही नेताहरुले सामाजिक सञ्जालमार्फत त्यसप्रति असन्तुष्टि जनाएका हुन्। सार्वजनिक रूपमै असहमति जनाउनेहरुमा बेदुराम भुषाल, अष्टलक्ष्मी शाक्य, बिरोध खतिवडा, रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा र राजेन्द्र राई छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्