नेपाली कांग्रेस र माओवादी केन्द्र सम्मिलित सरकार बनाउँदै मुख्यमन्त्री राउत
काठमाडौं। प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेस र माओवादी केन्द्र सम्मिलित सरकार बनाउने भएका छन्। जनता समाजवादी पार्टीका संघीय सांसद प्रदिप यादवले त्यसको संकेत गरेका हुन्। “मुख्यमन्त्री राउत ज्युलाई नेपाली कांग्रेस र नेकपा माओवादीको औपचारिक रुपमा समर्थन गरेको खबर आएको छ”,उनले भनेका छन्। आइतबार राति महन्थ ठाकुर पक्षका ४ मन्त्रीलाई जिम्मेवारीमुक्त गरेपछि राउतले नयाँ पहलकदमी थालेका हुन्।
प्रतिक्रिया दिनुहोस्