मानन्धरले लिएनन् मन्त्री हुँदाको आवास व्यवस्थापन सुविधा
काठमाडौं।निवर्तमान सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले मन्त्रीको हैसियतमा प्राप्त हुने आवास व्यवस्थापन नलिएको सहरी विकास मन्त्रालयले जानकारी दिएको छ। मानन्धरले २०७६ मंसिर ४ देखि २०७८ जेठ २१ गतेसम्म सहरी विकास राज्यमन्त्री रहँदा आवासीय सुविधाबापत पाउने महिनाको ४० हजारका दरले पाउने ७ लाख २० हजार रकम नलिइएको जानकारी दिएका हुन्।
प्रतिक्रिया दिनुहोस्