प्रधानमन्त्रीले एकताको आह्वान गरेलगत्तै नेपाल–प्रचण्ड भेट काठमाडौं। पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताका लागि आह्वान गरेलगत्तै नेपाल पक्षमा हलचल मच्चिएको छ। एकताको आह्वानसँगै नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेट भएको बताइएको छ। अहिलेपनि नेपाल प्रचण्डसँगकै छलफलमा छन्। आगामी रणनीति बनाउने भन्दै नेपाल प्रचण्डसँगको छलफलमा रहेको बताइएको छ। प्रचण्ड र नेपाल ओलीविरुद्ध एक ठाउँमा छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्