एमाले प्रदेश–१ संसदीय दलको बैठकमा दुवै समूहको सहभागिता
काठमाडौं। बजेट अधिवेशनमा साझा धारणा बनाउन एमाले प्रदेश–१ संसदीय दलको बैठक बसिरहेको छ। बैठकमा एमालेका दुवै समूहका सांसदहरु सहभागिता रहेको प्रमुख सचेतक बुद्धि राजभण्डारीले बताए। आजदेखि सुरु हुने अधिवेशनमा प्रदेश सरकारले आर्थिक कार्यविधि ऐन संशोधन अध्यादेश पेस गर्ने तयारी छ। अध्यदेशसँगै बजेटमा समेटिनु पर्ने विषय र विपक्षी गठबन्धनको मुद्दालाई कसरी फेस गर्ने भन्नेबारे छलफल भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्