प्रदेश–२ मा महन्थ पक्षका प्रदेश सांसदहरुको बैठक जारी
धनुषा। प्रदेश–२ मा महन्थ पक्षका प्रदेश सांसदहरुको बैठक बसिरहेको छ।
मन्त्री पदबाट बर्खास्त भएपछि आगामी रणनीति बनाउन जितेन्द्र सोनलले सांसदहरुको बैठक बोलाएका छन्। बैठकमा १५ जना सांसद सहभागी रहेको र केही सांसद आउने क्रममा रहेको एक सांसदले देखापढीलाई बताए। यता प्रदेश–२ सरकारमा माओवादी र कांग्रेसलाई सहभागी गराएर मन्त्रिमण्डल पुनर्गठन गर्नेबारे छलफल चलिरहेको छ।
प्रतिक्रिया दिनुहोस्