भारत र चीनले दिएको भ्याक्सिनमा राजनीति हुन सक्दैनः प्रधानमन्त्री काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुकले दिइरहेको भ्याक्सिनको विषयलाई राजनीतिसँग जोड्न नहुने बताएका छन्। बीबीसी हिन्दीसँग कुराकानी गर्दै प्रधानमन्त्रीले भने, “भारत,चीन, अमेरिका, बेलायतले भ्याक्सिन दिन्छ। त्यो भ्याक्सिनको मामला हो। यसमा राजनीति हुन सक्दैन।” उनले भने, “दुवै छिमेकी मित्र राष्ट्रले खोप, स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएकाले धन्यवाद दिन चाहन्छु।” उनले भारतसँग अब सबै असझदारी हटेको प्रष्ट पारे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्