कांग्रेस प्रदेशसभा संसदीय दलका नेता कोइराला सोधे, पूर्वाधार कोषको पैसा कहाँ गयो?
काठमाडौं। नेपाली कांग्रेसका प्रदेशसभा संसदीय दलका नेता राजीव कोइरालाले बजेट छलफलको पर्याप्त समय हुँदाहुँदै अध्यादेशबाट बजेट ल्याइनु दुर्भाग्य भएको बताएका छन्। प्रदेश१ को बजेट अधिवेशनमा बोल्दै नेता कोइरालाले बेतिथिको सुरुवात भएको र त्यसको प्रभाव प्रदेशमा पनि परेको बताए। “प्रदेश पूर्वाधार कोषको पैसा कहाँ गयो। बजेट घोषणा गर्ने, योजना स्वीकृत गर्ने अनि काम गर्नको लागि निकासा नदिने,यसको उत्तर चाहियो,” उनले भने।
प्रतिक्रिया दिनुहोस्