पारदर्शी ढंगले काम गर्छु : स्वास्थ्यमन्त्री तामाङ
काठमाडौं। स्वास्थ्य तथा जनसंङख्यामन्त्री शेरबहादुर तामाङले आफूले गर्ने सम्पूर्ण काम पारदर्शी ढंगले गर्ने प्रतिबद्धता जनाएका छन्। आज पत्रकार सम्मेलन गर्दै उनले आफूले आम नागरिकलाई ध्यानमा राखेर काम गर्ने जनाए। “पारदर्शीताको कसीमा जाँचिनेछ। मेरो आफ्नो थ्योरी छ। आजको दिन नै अन्तिम दिन हो। यो सम्झेर काम गर्नेछु। निष्ठापूर्वक काम गर्छु”, उनले भने।
प्रतिक्रिया दिनुहोस्