एमालेले कर्णालीमा मन्त्री नहटेसम्म सदन चल्न नदिने, पहिलो बैठक स्थगित
सुर्खेत। कर्णाली प्रदेशसभामा नेकपा एमालेले अम्मर थापा मन्त्रीबाट नहटेसम्म सदन चल्न नदिने बताएको छ। आजको बैठकको सुरुवातमै नेकपा एमाले संसदीय दलका नेता यामलाल कंडेलले नैतिक पतन भएको अभियोग पुष्टि भइसकेका व्यक्तिलाई मन्त्री बनाइएको र थापा मन्त्रीबाट नहटेसम्म सदन चल्न नसक्ने बताए। भौतिक पूर्वाधार विकासमन्त्री अम्मर थापालाई तत्काल बर्खास्त गरेर सदन चलाउने वातावरण निर्माण गर्न उनले अनुरोध गरे।
प्रतिक्रिया दिनुहोस्