सार्वजनिक पदमा रहेका सबैले आफ्नो सम्पति विवरण सार्वजनिक गर्नुपर्छ : मन्त्री तामाङ काठमाडौं। स्वास्थ्य तथा जनसंङख्यामन्त्री शेरबहादुर तामाङले सार्वजनिक पदमा रहेको सबै व्यक्तिले आफ्नो आफ्नो सम्पति विवरण सार्वजनिक गर्नुपर्ने बताएका छन्। आज मन्त्रालयको पत्रकारसम्मेलनमा बोल्दै उनले आफ्नो सम्पति विवरण सार्वजनिक गर्ने बताए। उनले भने, “सबै सार्वजनिक पद धारणा गरेका व्यक्तिले सम्पति सार्वजनिक गर्नुपर्छ। भ्रष्टाचार हो की होइन, को कति पाररदर्शी छ? भन्ने नेपाली जनताको कसीमा जाँचिनु आवश्यक छ।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्