चुरे क्षेत्रमा कुनैपनि प्रकारका उत्खनन हुँदैन : अर्थमन्त्री पौडेल
काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडलले चुरे क्षेत्रमा कुनैपनि प्रकारका उत्खनन् नहुने बताएका छन्। नेपाल आर्थिक पत्रकार संघको भर्चुअल छलफलमा उनले सरकार चुरेको संरक्षणमा प्रतिबद्ध रहेको स्पष्ट पारे। “चुरे क्षेत्रमा हामीले कुनैपनि प्रकारले उत्खननका कामहरु नगर्ने, माटो, ढुंगा, गिट्टी, बालुवा, कुनैपनि चिजहरु उत्खनन् नगर्ने, चुरे क्षेत्रको सम्पूर्ण रुपमा संरक्षण गर्ने दृष्टिकोण अघि सारेका छौं”, उनले भने।
प्रतिक्रिया दिनुहोस्