मुख्यमन्त्री राई भने, ‘आगामीको बजेट कोभिड–१९ रोकथाममा केन्द्रित हुनेछ’
काठमाडौं। प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आगामी आर्थिक बर्ष २०७७÷७८ को बजेट कोभिड–१९ रोकथाममा केन्द्रित रहने बताए। सबै जनतालाई खोप उपलब्ध गराउने पहिलो प्राथमिकता उनको भनाई छ। सबै जिल्लामा अक्सिजन प्लान निर्माण र अस्पतालको सुधारमा बजेटको प्राथमिकता रहेको उनलेले बताए। प्रदेशसभा बैठकमा बोल्दै मुख्यमन्त्री राईले भने, “जनताको जिउधनको सूरक्षा गर्न सरकार सचेत रहेको छ।”
प्रतिक्रिया दिनुहोस्