प्रदेश १ का दुई राज्यमन्त्री र दुई सांसदलाई कोरोना संक्रमण
काठमाडौं। प्रदेश नं १ का दुईजना राज्यमन्त्री र दुई सांसदलाई कोरोना संक्रमण भएको छ। प्रदेशसभा बजेट अधिवेशन बैठक बस्न गरिएको पीसीआर परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको मुख्यमन्त्री शेरधन राईले जानकारी दिए। संक्रमित हुनेहरुमा उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री राजकुमार ओझा, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री कला घले र प्रदेश सांसदहरु कुलप्रसाद साम्बा र नवोदिता चौधरी छन्।
प्रतिक्रिया दिनुहोस्