माओवादी केन्द्रले दियो सबै प्रदेशका लागि स्वास्थ्य सामग्री
काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोभिड–१९को संक्रमणबाट बच्न प्रयोग हुने विभिन्न स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरेका छन्। आज पार्टी कार्यालयबाट प्रचण्डले पार्टीका प्रदेश इन्चार्जमार्फत् सबै प्रदेशका लागि सामान हस्तान्तरण गरेका हुन्। हस्तान्तरण गरिएका सामग्रीहरू चीन, माओवादी केन्द्र प्रवास समन्वय कमिटी र पार्टीको स्वास्थ्य विभाग संगठनबाट उपलब्ध भएको बताइएको छ। सामग्रीहरुमा मास्क, अक्सिजन जेनेरेटर, एन्टिजीन किटलगायत छन्।
प्रतिक्रिया दिनुहोस्