३९६ अस्पताल निर्माणको प्रक्रिया तत्काल अघि बढ्छ : मन्त्री तामाङ
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले तत्काल ३९६ वटा अस्पतालको तत्काल निर्माण सुरु हुने बताएका छन्। आज मन्त्रालयको पत्रकार सम्मेलनमा उनले असारभित्र सबै अस्पतालको टेन्डर प्रकृया अघि बढाएर आउने वर्षभित्र निर्माण प्रकृया सम्पन्न गरिने बताए। उनले भने,“नागरिकलाई बचाउने कुरा सबैभन्दा ठूलो भएकाले अकालमै कोही नेपालीको ज्यान जान नदिने गरी सबै नेपालीको जीवन रक्षालाई पहिलो प्राथमिकतामा राखेर काम अघि बढ्छ।’
प्रतिक्रिया दिनुहोस्