रोबिन्सनलाई प्रधानमन्त्री जोनसनको साथ
एजेन्सी। इङ्ल्यान्डका बलर ओली रोबिन्सनको निलम्बनबारे संस्कृति तथा खेलकुद विभागका सचिव ओलीभर डोउडेनको भनाईमा बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले सहमति जनाएका छन्। रोबिन्सनले २०१२ र २०१३ मा गरेको जातिवादी र यौनवादी ट्वीटलाई लिएर इङ्ल्यान्ड क्रिकेट बोर्डले उनलाई निलम्बन गरिदिएको थियो। तर सचिव डोउडेनले युवा हुँदा गरेको ट्वीटलाई लिएर गरेको निलम्बनबारे पूर्नविचार गर्न क्रिकेट बोर्डलाई सुझाव दिएका थिए।
प्रतिक्रिया दिनुहोस्