प्रदेश १ संसदीय दलमार्फत एमालेमा एकताको सन्देश
काठमाडौं। प्रदेश १ को बजेट अधिवेशनमा अन्य प्रदेशमा जस्तो एमालेका सांसद विभाजित भएनन। संसदीय दलको बैठक बसेर सहमति गरेपछि एमालेका सांसदहरु संसदमा एकढिक्का भएर उभिए, जसले गर्दा आर्थिक कार्यविधि ऐन संशोधन अध्यादेश प्रस्ताव बहुमतले पारित भएको थियो। पार्टी विभाजन नभएको अवस्थामा वर्तमान सरकारलाई नै सहयोग गरेर जानको लागि सल्लाह दिएको माधव नेपाल पक्षीय एमाले नेता भीम आचार्यले बताए।
प्रतिक्रिया दिनुहोस्