शर्त सहितको एकताको आव्हान जालझेलपूर्ण रहेको नेपाल पक्षको निष्कर्ष काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको पार्टी एकताको आव्हानले भ्रम छर्ने काम मात्र गरेको माधव नेपाल पक्षीय नेताहरुले निष्कर्ष निकालेका छन। एमालेबाट कार्वाहीमा परेका नेपाल पक्षीय शीर्ष नेताहरुको आज भएको भर्चुअल बैठकमा शर्तसहित राखिएको पार्टी एकता आव्हान जालझेलपूर्ण रहेको नेताहरुले बताए। नेपाल पक्षीय नेता बेदुराम भुसालले भने,“यो आव्हानलाई एकताको लागि नभएर विभाजनको संकेतको रुपमा बैठकले विश्लेषण गरेको छ।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्