प्रदेश–१ सरकारलाई दिएको समर्थन माओवादी केन्द्रद्वारा फिर्ता विराटनगर। माओवादी केन्द्रले प्रदेश–१ सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रदेशसभा सचिवालयमा दर्ता गराएको माओवादी केन्द्रकी संसद कुसुमकुमारी श्रेष्ठले बताइन्। माओवादी केन्द्रले समर्थन फिर्ता लिएपनि एमालेको सरकार अझै बहुमतमा छ। बहुमतको लागि ४७ जना सांसद चाहिन्छ। एमालेको ५१ जना संसद रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्