माधव नेपालद्वारा एमालेमा नबस्ने ‘संकेत’
काठमाडौं। अध्यक्ष ओलीले आइतबार पठाएको आह्वानपत्रको प्रतिउत्तर दिँदै माधवकुमार नेपालले एमालेमा नबस्ने संकेत गरेका छन्। कार्वाहीमा परेका नेता नेपालले पार्टी अध्यक्ष ओलीले गरेको एकताको आह्वान जालझेलपूर्ण रहेको बताएका छन्। आज एक विज्ञप्ती जारी गर्दै उनले भनेका छन्, “प्रतिनिधिसभा विघटनको जिम्मेवारी लिएर त्यस्तो गलत निर्णयलाई सच्याउने कुरा नगरी उल्टै हस्ताक्षर फिर्ता हुनुपर्ने पूर्वशर्त राख्नु गलत, दुराशयपूर्ण र जालझेलपूर्ण छ।”
प्रतिक्रिया दिनुहोस्