संसद पुनर्स्थापना भए हस्ताक्षर स्वतः फिर्ता हुनेछ : माधव नेपाल
काठमाडौं। कार्वाहीमा परेका एमाले नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन फिर्ता लिएमा सर्वोच्च अदालतमा दायर गरेको रिटबाट हस्ताक्षर स्वतः फिर्ता हुने बताएका छन्। आज नेपाल पक्षीय शीर्ष नेताहरुको बैठकपछि जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “बाध्यात्मक स्थितिमा मात्र वैकल्पिक मार्ग अवलम्बन गरेका हौं। अन्तिम घडीसम्म एकताको लागि सकारात्मक प्रयास जारी राख्नेछौं।”
प्रतिक्रिया दिनुहोस्