सुदूरपश्चिमका मुख्ममन्त्रीविरूद्ध मतदान गर्न एमालेको निर्देशन
काठमाडाैं।नेकपा(माओवादी केन्द्र) नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले आज संसदबाट विश्वासको मत लिने भएका छन्।एमालेको केपी ओली पक्षले विश्वासको मतका विपक्षमा मतदान गर्न ह्विप जारी गर्न संसदीय दललाई निर्देशन दिएको छ।एमालेका प्रदेश अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्र रावलले संसदीय दलका नेता प्रकाशबहादुर शाह र प्रमुख सचेतक दुर्गा विकलाई विपक्षमा मतदान गर्न ह्विप जारी गर्न निर्देशन दिएका हुन्।
प्रतिक्रिया दिनुहोस्