मन्त्रिपरिषद विस्तारविरुद्ध परेको रिटमा आज सुनुवाइ काठमाडौं। सर्वोच्च अदालतमा मन्त्रिपरिषद विस्तारविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्गठन गरेको मन्त्रिपरिषद खारेज गर्न भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कञ्चनकृष्ण न्यौपाने र सितादेवी श्रेष्ठसहित पाँचजनाले सर्वोच्चमा रिट दर्ता गराएका थिए। रिट नेवदकहरुले मन्त्रिपरिषद विस्तार असंवैधानिक भएको दाबी गरेका छन्। भर्चुअल माध्यममार्फत सुनुवाइ गर्ने गरी सर्वोच्च अदालतले पेशी तोकेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्