एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक जारी धनगढी।सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलको बैठक बसिरहेको छ। मुख्यमन्त्री त्रिलोचन भट्टले आज विश्वासको मत लिने भएपछि मत दिने कि नदिने भन्ने विषयमा छलफल गर्न एमाले संसदीय दलको बैठक बसेको हो।बैठकमा ओली र नेपाल दुवै पक्षका सांसदहरु सहभागी छन्। यसअघि ओली पक्षले संसदमा प्रतिपक्षीको सिट उपलब्ध गराउन माग गरेको थियो भने नेपाल समूहले सत्तापक्षमै रहेको भन्दै पत्र दर्ता गराएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्