सुदूरपश्चिम प्रदेशसभाको बैठक सूचना टाँसेर एक घण्टा स्थगित धनगढी।सुदूरपश्चिम प्रदेशसभाको बैठक एक घण्टाको लागि स्थगित भएको छ।मुख्यमन्त्री त्रिलोचना भट्टले विश्वासको मत लिने भएपछि बिहान ९ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरेर एक घण्टा पछि सारिएको हो।मुख्यमन्त्री भट्टले संविधानको धारा १८८ बमोजिम विश्वासको मत लिन आइतबार प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए।प्रदेशसभामा विश्वासको मतको पक्ष,विपक्ष र तटस्थ बस्ने प्रदेशसभा सदस्यका लागि अलगअलग रुपमा मत दिने व्यवस्था गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्