खतिवडाको इजलासमा मन्त्रिपरिषद विस्तारविरुद्धको रिट
काठमाडौं। मन्त्रिपरिषद विस्तारविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुमाथि आज सुनुवाई हुँदैछ। रिटको पेसी न्यायाधीश ईश्वर प्रसाद खतिवडाको बेञ्चमा तोकिएको छ। कामचलाउ मन्त्रिपरिषद विस्तार गरेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता राजकुमार सुवाल, शालिकराम सापकोटा, सितादेवी अधिकारी, कञ्चनकृष्ण न्यौपाने र विरेन्द्रप्रसाद शाहले सर्वोच्चमा रिट हालेका थिए।
प्रतिक्रिया दिनुहोस्