प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा आज पनि सुनुवाइ नहुने काठमाडौं। प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा आज पनि सुनुवाइ नहुने भएको छ। मुद्दाको सुनुवाइका लागि गठित संवैधानिक इजलास आज पनि बस्न नसकेको हो। सोमबार प्रधानन्यायाधीस चोलेन्द्र शमसेर जबराको स्वास्थ्यमा समस्या भएको भन्दै स्थगित गरिएको थियो। संसद विघटनसम्बन्धी मुद्दा हेर्न प्रधानन्यायाधीश जबरा नेतृत्वमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई रहेको इजलास गठन भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्