सुदूरपश्चिम प्रदेश सभाको बैठक सुरु
काठमाडौं।सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु भएको छ।मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिनका लागि बैठक बोलाइएको हो।एमालेको माधव नेपाल पक्षले विश्वासको मतको पक्षमा मत दिने निर्णय गरेपछि उनको पद जोगिने देखिएको छ।प्रतिपक्षी कांग्रेसले भने सरकारलाई समर्थन गरेको एमाले र माओवादीको मतले मुख्यमन्त्रीले विश्वासको मत नपाउने अवस्था आएमा मात्र मत दिने निर्णय गरेको छ। विश्वासको मतका लागि मुख्यमन्त्री भट्टलाई २७ मत चाहिन्छ।
प्रतिक्रिया दिनुहोस्