सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए संसदबाट विश्वासको मत
धनगढी।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले संसदबाट विश्वासको मत प्राप्त गरेका छन्। आज प्रदेशसभामा मुख्यमन्त्री भट्टले मागेको विश्वासको मतको पक्षमा अर्थात हुन्छ भन्ने प्रस्तावमा ३० मत पर्यो भने विपक्षमा ९ मत मात्र परेपछि सभामुख अर्जुनबहादुर थापाले मुख्यमन्त्रीमा भट्टलाई प्रदेशसभाको विश्वासको मत प्राप्त रहेको घोषणा गरेका हुन्।१२ जना तटस्थ बसेका थिए।५२ जना सदस्य रहेको प्रदेशसभामा बहुमतका लागि २७ मत आवश्यक पर्छ।
प्रतिक्रिया दिनुहोस्