महन्थ पक्षले पत्र नपठाएपछि जसपा आधिकारिकता विवाद अन्योलमा
काठमाडौं। जसपाका महन्थ ठाकुर पक्षले निर्वाचन आयोगमा थप कागजात पठाउन नसक्दा आधिकारिकता विवादबारे प्रक्रिया सुरु हुन सकेको छैन। महन्थ पक्षले निर्वाचन आयोगलाई सात दिनको म्याद थप्न अनुरोध गरेको निर्वाचन आयोगले जनाएको छ। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने,“महन्थ पक्षले कोभिड महामारीका कारण हस्ताक्षर गराउन नसकिएकाले सात दिनको म्याद थप्न अनुरोध गरेको छ।” उपेन्द्र पक्षले भने हस्ताक्षरसहितका कागजात आयोगमा पठाइसकेका छन्।
प्रतिक्रिया दिनुहोस्