एमाले सूदुरपश्चिम प्रदेश कमिटी सचिव रावल र मन्त्री सोडारीबीच हात हालहाल
काठमाडौं। एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिव राजेन्द्र रावल र सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीबीच हात हालहाल भएको छ। सोमबार साँझ मन्त्रीकै कार्यकक्षभित्र हात हालाहाल भएको हो। मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिन निर्देशनसहितको पत्र बुझाउन मन्त्रालय गएका बेला मन्त्री सोडारीले कठालो समातेर दुर्व्यवहार गरेको रावलको दाबी छ। मन्त्री सडारीले पनि आफूमाथि कार्यकक्षमा नै दुर्व्यवहार भएको बताएका छन्।
प्रतिक्रिया दिनुहोस्