भट्टलाई माधव पक्षको साथ, ओली पक्ष र जसपाको विपक्षमा भोट, कांग्रेस तटस्थ
धनगढी। सुदूरपरिश्चम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई माधव नेपाल पक्ष र माओवादी केन्द्रका सांसदहरुले मत दिए। ओली पक्षका ७ जना र जसपाका २ सांसदले मुख्यमन्त्री भट्टको विपक्षमा मत हालेका हुन्। जसपाका कृष्णबहादुर चौधरीले प्रदेशसभा बैठकमा विपक्षमा मतदान गर्ने बताएका थिए भने केन्द्रको निर्देशनअनुसार ओली पक्षका सांसदले विपक्षमा भोट हालेका हुन्। नेपाली कांग्रेसका १२ सांसद भने तटस्थ रहे।
प्रतिक्रिया दिनुहोस्