प्रदेश १ सांसद भन्छन्- कोभिड-१९ नियन्त्रण र रोकथाममा सरकारले ठोस काम गर्न सकेन विराटनगर। प्रदेश–१ को बजेट अधिवेशन बैठकको शून्य समयमा बोल्दै सांसदहरुले कोभिड-१९ नियन्त्रण र रोकथाममा प्रदेश सरकारले ठोस काम गर्न नसकेको बताए। कोभिड संक्रमण बढेपनि खोप, अक्सिजन प्लान्ट र आइसोलेसन बेडहरुको व्यवस्था गर्न नसकेको आरोप सांसदहरुले लगाए। बैठकमा बोल्ने सांसदहरुले सरकारले कोरोना रोथथाम र उपचारको लागि सबै जिल्लामा बजेट व्यवस्था गर्नु पर्ने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्