माओवादी नेता आङबोले भने- प्रधानमन्त्री ओलीको स्वार्थ र शर्तले प्रदेश–१ को नामाकरण भएन विराटनगर। माओवादी केन्द्रका प्रदेश–१ संसदीय दलका नेता इन्द्र आङबोले प्रधानमन्त्री केपी शर्मा ओलीको हस्तक्षेपको कारण प्रदेश १ को नामकरण हुन नसकेको आरोप लगाएका छन्। प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै नेता आङबोले भने,"प्रधानमन्त्री ओलीले स्वार्थ र शर्त नराख्ने हो भने नामाकरण गर्न सक्षम छौं।"प्रधानमन्त्री ओलीको हस्तक्षेपकै कारण तत्कालीन नेकपाले नामाकरणको टुंगो लगाउन नसकेको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्