लुम्बिनी प्रदेशमा कांग्रेसले भन्यो, ‘नीति तथा कार्यक्रम अध्ययनपछि मात्र विरोध र समर्थन हुन्छ’
रुपन्देही। लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसले सरकारले ल्याउने नीति तथा कार्यक्रम अध्ययनपछि मात्र विरोध र समर्थनको नीति लिने बताएको छ। प्रदेशसभा कांग्रेसका प्रमुख सचेतक फखरुद्दिन खानले सभाको बैठकमा सहभागी भई राम्रो वा नराम्रो पक्षका सम्बन्धमा अध्ययन गरेपछि मात्र त्यसको निर्णय हुने बताए। “हाम्रा विमती छन्। सरकारको वैधानिकतामाथि प्रश्नचिन्ह उठेको छ। सम्मानित सर्वोच्च अदालतको आदेशपछि सरकारको वैधानिकतामा अर्को धारा आकर्षित भएको देखिन्छ।”
प्रतिक्रिया दिनुहोस्