गण्डकी प्रदेश : मुख्यमन्त्री गुरुङले २७ गते विश्वासको मत लिने पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २७ गते विश्वासको मत लिने भएका छन्। उनी प्रदेश सभामा ठूलो दलको नेताका हैसियतमा वैशाख २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। “विश्वासको मत लिन दुई दिन अघि नै प्रस्ताव दर्ता गर्नुपर्ने रहेछ। सोही बमोजिम प्रस्ताव सचिवालयमा दर्ता भएको हो”, मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम न्यौपानेले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्