प्रदेश १ को बजेट अधिवेशन भोलिसम्मका लागि स्थगित विराटनगर। प्रदेश १ को बजेट अधिवेशन बैठक जेठ २६ गते ११ बजेसम्मका लागि स्थगित भएको छ। आजको बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबुहाङले आर्थिक बर्ष २०७८÷०७९को बजेटको सिद्धन्त र प्राथमिकताहरु प्रस्तुत गरेका थिए। भोलिदेखि बजेटको प्राथमिकताका क्षेत्रहरुको विषयमा छलफल हुने सभामुख प्रदिपकुमार भण्डारीले बताए। बैठकको शून्य समयमा सांसदहरुले कोरोनाको रोकथाम र नियन्त्रणको लागि ध्यानाकर्षण गराएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्