कर्णाली प्रदेशसभा : सूचना टाँस गरी बैठक स्थगित
कर्णाली। कर्णाली प्रदेशसभा बैठक सूचना टाँस गरी स्थगित भएको छ। आज २ बजे बस्न तय भएको बैठक नेकपा एमालेका सांसदहरुले विरोध गरेर चल्न नदिने भएपछि स्थगित भएको हो। सोमबारदेखि सुरु भएको अधिवेशनमा बैठक सुरु भए लगत्तै एमालेले विरोध जनाएको थियो। कर्णाली प्रदेशसभामा नेकपा एमालेले अम्मर थापा मन्त्रीबाट नहटेसम्म सदन चल्न नदिने बताएको छ।
प्रतिक्रिया दिनुहोस्