प्रदेश नम्बर २ प्रदेशसभा : प्रतिपक्षी दलको अवरोध
जनकपुर। सरकारले सांसदहरुलाई जानकारी नै नदिई पालिकाहरूमा सशर्त अनुदान पठाएको भन्दै प्रतिपक्षी दलका सांसदहरूले प्रदेशसभा बैठक अवरुद्ध गरेका छन्। आज बैठक सुरु भएलगत्तै तीनै दलका सांसदहरूले उभिएर विरोध जनाएका हुन्। सरकारको निर्णयविरुद्ध विपक्षी दलहरु नेपाली कांग्रेस,नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक ठाउँमा उभिएका छन्।एमाले संसदीय दलका नेता शत्रुधन महतोले मुख्यमन्त्री राउत आएर प्रदेशसभामा जवाफ नदिएसम्म बैठक चल्न नदिने बताए।
प्रतिक्रिया दिनुहोस्