सहमति कायम गर्न तत्काल जेठ २ गते कायम रहेको स्थायी कमिटी बैठक राखौं : गौतम काठमाडौं। एमाले नेता वामदेव गौतमले पार्टी एकता कायम गर्न तत्काल जेठ २ अनुसारको स्थायी कमिटी बैठक बोलाउन माग गरेका छन्। उनले विज्ञप्तिमार्फत दुई बरिष्ठ नेता, चार उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र पाँच सचिवसहितको स्थायी कमिटी बैठक बोलाउन माग गरेका हुन। सोही बैठकमा पार्टीभित्र उत्पन्न भएका विषयमा छलफल गरी मार्गदर्शन गर्न उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष अनुरोधसमेत गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्