भट्टको पक्षमा मत नदिने एमाले प्रदेशसभा सदस्यलाई स्पष्टीकरण
सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिने नेकपा (एमाले)का प्रदेशसभा सदस्यलाई आज स्पष्टीकरण सोधिएको छ। एमालेको प्रदेश संसदीय दलको बैठकले गरेको निर्णय र ह्विप विपरीत मुख्यमन्त्रीका विपक्षमा मतदान गर्ने नेपालु चौधरी, गेल्बुसिंह बोहरा, लीलाधर भट्ट, रतनबहादुर थापा,माया तामाङ,पठानसिंह बोहरा र बलदेव रेग्मीलाई २४ घण्टे स्पष्टीकरण सोधेको संसदीय सुदूरपश्चिम दलका प्रमुख सचेतक दुर्गाकुमारी कामीले बताइन्। रासस
प्रतिक्रिया दिनुहोस्